२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

म्याग्दी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

१७ वैशाख, काठमाडौं। म्याग्दी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४७ करोड ४५ लाख रुपैयाँ बराबरको ४७ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले आईपीओ जारी गर्ने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १८:०२