२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, कति छ ओपनिङ रेञ्ज ?

१७ वैशाख, काठमाडौं। नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा आज  कम्पनीको ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको १८ लाख कित्ता र संस्थापक सेयरधनीहरुको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर  नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको आईपीओलाइ पहिलो कारोबारका लागि ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज दिएको छ । सोही रेञ्जका आधारमा उक्त सेयर आइतबारदेखि  कारोबारमा आउनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १७:५६