रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नियन्त्रणमा
१७ वैशाख, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट नियन्त्रणमा परेका छन् । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेको हाे । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।
विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि पक्राउ गरिएको बताइएकाे छ । विष्टले जारी गरेकाे पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरिएको थियाे । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भनी लेखिएको पत्र अनधिकृत रहेको जनाएको छ ।
प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १६:३१