तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१७ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा कायम भएको हो ।
बजारमा गिरावट आउँदा पनि आज तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । यस दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको हो । यस दिन समाज लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १५:२४