२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

सिद्धार्थ बैंकको ३ लाख ९१ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१७ वैशाख, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ११:४९