२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४५.७७ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

१७ वैशाख, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २५ करोड ३० लाख रहेको खुद ब्याज आम्दानी १५ करोड ७० लाखमा सीमित बनेको छ । त्यस्तै, कम्पनीको  खुद फि तथा कमिशन आम्दानी ८०.४७ प्रतिशत घटेको छ।  समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी १५ करोड १ लाख र सञ्चालन नाफा १० करोड १५ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ। १ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८ पैसा घटेर ७ रुपैयाँमा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०८.६७ गुणा रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १०:२९