२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

१०० रुपैयाँमै कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१७ वैशाख, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि संस्थापक समूहको ४० हजार कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सो सेयरमा बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बोलकबोल पेस गर्दा संस्थापकतर्फ न्यूनतम ४० हजार कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले वैशाख २३ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिन सक्नेछन् । प्राप्त बोलपत्रहरुमध्ये अधिकतम मूल्यमा आवेदन दिनेलाई सेयर बाँडफाँड गरिने  बैंकले जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ०९:३४