२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

सर्वसाधारणका लागि कालिका लघुवित्तको सेयर बिक्रीमा

१७ वैशाख, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि  ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै सो सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा कम्पनीको संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि कुनै पनि  आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र लिखित आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ०९:२७