सत्ताकाे प्यास मेट्न कांग्रेसले छायाँ सरकार बनाउने, सांसदहरुले राेजेकै मन्त्रालय पाउने
२४ पुस, काठमाडौँ । सत्ताकाे प्यास मेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएकाे छ । मंगलबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको हाेे । कांग्रेसले दलकाे बैठकमा सांसदहरूलाई मन्त्रालय राेज्न आग्रह गरेकाे छ । कांग्रेसले एक सांसदले तीन मन्त्रालयमा आाफ्नाे चाहना राख्न सक्नेछन ।
सरकारविरुद्ध आाक्रामक बन्ने तयारीमा रहेकाे कांग्रेसले छायाँ सरकार बनाएर सानासाना विषयमा पनि प्रतिपक्षी भूमिकाका नाममा निहुँ खाेेज्न लागेकाे हाे । सुरुदेखि नै छायाँ सरकारकाे हल्ला चलेपनि संसदीय दलले कार्यान्वयन सुरु गर्न लागेकाे हाे । संघीय र प्रदेश सरकारमा शून्य उपस्थिति रहेकाे कांग्रेसकाे छायाँ सरकारबाट सत्ताकाे प्यास मेट्ने काम गर्छकी रचनात्मक प्रतिपक्षीकाे भूमिका निर्वाह गर्छ त्याे भने हेर्न बाँकी छ ।
आन्तरिक विवादले मरिच झैँ चाउरिएकाे कांग्रेस महासमितिकाे बैठकपछि केही शान्त बनेकाे छ । यद्यपि सभापति देउवासँग हात मिलाएर फाेटाे खिचाउँदैमा पार्टी एक नहुने वरिष्ठ नेता रामचन्द्र पाैडेलले चेतावनी दिएका छन ।
प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १७:०६