२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

विकास हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

१६ वैशाख, काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

धितोपत्र बोर्डले अनुमति दिएसँगै अब कम्पनीले आईपीओ जारी गर्ने छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १७:४७