२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

सुप्रिम हेल्थ केयरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

१६ वैशाख, काठमाडाैं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि सोमबार बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ दरको १२,५०,००० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । आज ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा सुप्रिम हेल्थ केयर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयाे ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १६:५५