दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१६ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन बजार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा बन्द भएको छ ।
आज बजारमा गिरावट आउँदा पनि दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन ९४ रुपेयाँ ८० पैसा बढेर १ हजार ४२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ११४ रुपैयाँ ६० पैसा बढेर १ हजार २६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढेको छ भने राधी विद्युत कम्पनीको सेयरमूल्य ७ प्रतिशत बढेको छ।
प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १५:२७