पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
१५ वैशाख, काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आईपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।
अहिले यस्तै चासोको बिषयमा रहको छ पियोर इनर्जी लिमिटेड । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ ।
पहिलो कारोबारको लागि कम्पनीको आईपीओले ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम २८९।३५ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । पियोर इनर्जी लिमिटेडको आव २०८०र८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९६।४५ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १६:३५