आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा झरेको छ।
यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ७० करोड ९४ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ४५ करोड १० लाख ३ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ३८ करोड १३ लाख २ हजार रुपैयाँ, एचआइडिसिएल संस्थापक सेयरको ३५ करोड ३६ लाख ३३ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३३ करोड ७५ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १५:४६