२५ बैशाख २०८२, बिहीबार | Thu May 8 2025

नेप्सेसँगै घट्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रूपैयाँबराबरको २ करोड ३६ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १५:४२