आन्दोलनमा पुगेका माधव नेपाल र झलनाथ खनाललाई शिक्षकले फर्काइदिए
१५ वैशाख, काठमाडौं । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुग्नुभएका नेकपा एकीकृत समाजवादीका नेताहरू विरुद्ध नाराबाजी भएको छ ।
सोमबार मध्याह्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरू शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुग्नुभएको थियो । उहाँहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै फर्काइदिएका हुन् ।
आन्दोलनमा सहभागी शिक्षकहरूले ‘यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै नाराबाजी गरेपछि उहाँहरू प्रदर्शनस्थलबाट फर्किनुभएको थियो । चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। आन्दोलनको आज २७ औं दिन हो।
प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १४:३६