ट्रेड टावर लिमिटेडको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?
१५ वैशाख, काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओमा १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज वैशाख १५ गते बिहान १०ः०६ बजेसम्म कम्पनीको आईपीओमा ४८ हजार ९२१ जनाले १० लाख ७५ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.७० गुणा बढी आवेदन हो ।
कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १३:०५