कामना सेवा विकास बैंकको सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
१५ वैशाख, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहको ११ हजार ७४१ कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ११ हजार ७४१ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
इच्छुक लगानीकर्ताले वैशाख २१ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने छ । प्राप्त बोलपत्रहरुमध्ये अधिकतम मूल्यमा आवेदन दिनेलाई सेयर बाँडफाँड गरिने बैंकले जनाइएको छ ।
प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १०:३८