२५ बैशाख २०८२, बिहीबार | Thu May 8 2025

ग्लोबल आइएमई लघुवित्तको सेयर बिक्रीमा

१५ वैशाख, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्री राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार ०९:५०