गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ। आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।
संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि अभिव्यक्ति दिनुभएको थियो । मुद्दाको सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन दर्ता भएको हो ।
प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १७:१८