१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

छिमेक लघुवित्तको ठगीविरूद्ध धितोपत्र बोर्डमा उजुरी

२४ पुस, काठमाडाैँ । लगानीकर्तालाई ठगी गरेको अारोप लागेको छिमेक लघुवित्त वित्तीय संस्थाबिरुद्द नेपाल धितोपत्र बोर्डमा उजुरी उजुरी परेको छ। धितोपत्र सम्बन्धि कसुर गरेको भन्दै एक सेयरधनीले छिमेक लघुवित्तविरूद्ध उजुरी दिएका हुन । बम्पर लाभांशकाे नाममा छिमेकले लगानिकर्ता ठगेपछि उजुरी परेको हो ।

बम्पर लाभांशकाे नाममा लगानिकर्ताले छिमेककाे सेयर किनेका थिए । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि घोषणा गरेको बोनस सेयर र नगद लाभांश नै नेपाल राष्ट्रबैंकले अस्वीकृत गरिदिएपछि निराश बनेका लगानीकर्ताले छिमेकविरूद्ध उजुरी दिएका हुन ।

लघुवित्तले पुर्वघोषित लाभांश रद्द गर्दा त्यसबाट आर्थिक क्षति हुन पुगेको र लाभांश रद्द प्रकृयाबारे पहिले नै सूचना चुहिएकाले इनसाइड ट्रेडिङ समेत भएको उजुरीमा दबाी गरिएको छ । लाभांश रद्दका कारणले आफुलाई भएको क्षति सम्बन्धित अधिकारिहरुबाट असुल उपर गराइदिन र गैरजिम्मेवार काम गर्ने ती अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जाेशीकाे परिवारकाे हालीमुहाली रहेकाे छिमेक लघुवित्त वित्तीय संस्थाले यसअघि ऋणीबाट उठाएको रकममै ब्रह्म्लुट मच्चाएको थियो । जसमा राष्ट्र बैंकले छानविन गरिरहेको छ ।

यो पनि पढ्नुहोस

–जाेशी परिवारकाे हालीमुहाली रहेकाे छिमेक लघुवित्तबाट लगानिकर्ता फेरि ठगिए

–छिमेक लघुवित्तमा जोशी परिवारको हालिमुहाली, कराेडाैँ रकम गैरसरकारी संस्थामा सारी भ्रष्टाचार

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १२:४३