कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उहाँलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो । उहाँलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १४:५२