२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

नेपाल वेयरहाउजिङले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

१४ वैशाख, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ८ गते काठमाडाैंकाे कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह २ बजे छैठौं साधारण सभा बाेलाएकाे हाे ।

सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ वैशाख २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार १४:२४