१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विश्व बैंकका अध्यक्ष जिम योङद्धारा राजिनामाको घोषणा

२४ पुस, काठमाडाैँ । विश्व बैंकका अध्यक्ष जिम योङ किमले राजीनामा दिने घोषणा गरेका छन् । किमको यो घोषणालाइ अप्रत्यासित मानिएको छ । उनले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् । उनी ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका थिए ।

५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गरेका हुन् । उनीँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । जिमले राजीनामाको कारण खुलाएका छैनन् । उनी विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार ०९:५३