२८ बैशाख २०८२, आईतवार | Mon May 12 2025

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

१२ वैशाख, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा श्री इन्भेस्टमेन्ट फाइनान्सकम्पनीको १.८६५९ प्रतिशत बोनस सेयर वापतको १ लाख ८३ हजार १६८ कित्ता सेयर सूचिकृत भएको हो ।त्यसैगरी, मिथिला लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । अब आइतबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार १५:०३