१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

सुडानमा आठ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ


२३ पुस, खार्तुम । सुडानका विभिन्न ठाउँमा भएका सरकार विरोधी प्रदर्शनहरुबाट सरकारी सुरक्षाकर्मीहरूले आठ सयभन्दा बढीलाई पक्राउ गरेका छन् । गृहमन्त्रीले सोमबार दिएको जानकारी अनुसार गत महिनादेखि अहिलेसम्म झण्डै १५ दिनमा भएका प्रदर्शनहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

गृहमन्त्री अहमद बिलाल ओस्मानले संसदमा भन्नुभयो, “अहिलेसम्म पक्राउ पर्ने प्रदर्शनकारीहरुको संख्या ८१६ रहेको छ ।” सरकारले पाउरोटीको मुल्य बढाएपछि गत डिसेम्बर १९ देखि अहिलेसम्म सुडानमा सरकार विरुद्ध प्रदर्शन भएको छ । अधिकारीहरूका अनुसार प्रर्दशनका क्रममा भएका झडपमा परी अहिलेसम्म दुई जना सुरक्षाकर्मी सहित १९ जना मारिएका छन् । तर अन्तर्राष्ट्रिय अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भने मृत्यु हुनेहरुको संख्या ३७ पुगेको दावी गरेको छ ।


गृहमन्त्री बिलालले प्रदर्शनकारीहरूले ११८ भवनमा क्षति पु¥याएको पनि सांसदहरूलाई जानकारी दिनुभयो । तीमध्ये १८ प्रहरीसँग सम्वन्धित भवनहरु छन् । त्यसैगरी प्रदर्शनका क्रममा १९४सवारी साधनमा आक्रमण तथा आगजनी भएको छ भने आक्रमणमा पर्नेमा १५ सवारी साधान अन्तर्राष्ट्रिय संस्थाका रहेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार २३:२९