३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

नेको इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

११ वैशाख, काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

वैशाख ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई  लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १०:४१