पोखरा फाइनान्स राष्ट्र बैंकको कारवाहीमा, पूर्व सीईओ गुरुङलाई ५ लाख जरिवाना
११ वैशाख, काठमाडाैं। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) लाई कारवाही गरेकाे छ । राष्ट्र बैंकले अनिवार्य मौज्दात रकम कायम नगरेको तथा पूर्व सीईओ रविचन्द्र गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको तथा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारवाही गरिएको जनाएको छ ।
कम्पनीले २०८१ माघ १३ गतेदेखि २६ गतेसम्मको अवधिमा नियामकिय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम ४६ हजार ७१८.२३ रकम जरीवाना लगाएको छ । त्यस्तै, पूर्व सीईओ रविचन्द्र गुरुङले समग्र व्यवस्थापनको प्रमुख जिम्मेवारी वहन गर्ने व्यक्तिका रूपमा नियामक निर्देशन पालना नगरेको, र राष्ट्र बैंकले सोधेको स्पष्टिकरण पनि असन्तोषजनक भएको जनाइएको छ। यही आधारमा उहाँलाई राष्ट्र बैंक ऐन, दफा १०० को उपदफा २ (ग) अनुसार ५ लाख रुपैयाँ जरिवाना गरिएको हो। यस्तै कम्पनीलाई नयाँ निक्षेप तथा कर्जा प्रवाहमा समेत रोक लगाइएको छ ।
प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १०:२३