३० बैशाख २०८२, मंगलवार | Tue May 13 2025

रघुजी पन्त शिक्षा मन्त्रीमा नियुक्त

१० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्न सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेर सपथ गराउने संवैधानिक व्यवस्था रहेको छ । शिक्षामन्त्री विद्या भट्टराईको राजिनामापछि खाली रहेको शिक्षा मन्त्रीमा पन्त नियुक्त हुनुभएको हो ।

पन्त गणतन्त्रपछि पहिलो पटक मन्त्री हुनुभएको हो । उहाँको सपथ भोलि एमालेको युथ सेलिब्रेसनपछि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो पटक संसदीय समितिमा पत्रकार निषेध गर्नुपर्छ भनेर चर्चामा रहेका पन्त शिक्षा मन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि एउटा समूहले अन्जन शाक्यलाई शिक्षामन्त्री बनाउन चाहेको विषय सार्वजिनक भएको थियो । तर शाक्यले शिक्षामन्त्रीमा आफ्नो कुनै इच्छा र चाहना नरहेको भन्दै प्रष्टिकरण दिनुभएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १७:४१