नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
१० वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा स्वरोजगार लघुवित्त र स्वाभिमान लघुवित्तको मूल्य समायोजन भएको हो ।
नेप्सेमा स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८४६.०३ रुपैयाँ हुने गरी मूल्य समायोजन भएको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
त्यसैगरी, नेप्सेमा स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १७३६.०६ रुपैयाँ हुने गरी मूल्य समायोजन भएको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार १८२२.८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीको भोली सोही मूल्यको आधारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १७:३५