दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१० वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा झरेको छ।
सेयर बजारमा गिरावट आउँदा पनि आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ६४ रुपैयाँ ७० पैसा बढेर ७१२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

प्रकाशित मिति : 15:46









