२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१० वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा झरेको छ ।

यस दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन एन्फ्रास्ट्रक्चरको ५१ करोड ६३ लाख ६९ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४१ करोड ९ लाख ३५ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३५ करोड ८९ लाख ११ हजार रुपैयाँ र  एचआइडिसिएलको ३१ करोड ६४ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:29