१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

१० वैशाख, काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ९ गते बसेको कम्पनीको  सञ्चालक समितिको बैठकले आगामी जेठ ५ गते धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजे १८ औं साधारण सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, साविक मिर्मिरे लघुवित्तको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० फागुन २९ गतेको वासलात, सोही वर्षको साउन १ गतेदेखि फागुन २९ गतेसम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार ११:२०