प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
१० वैशाख, काठमाडौं । साताको चौंथो काारेबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६३ अंकले घटेर २६८७.६८ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ४२ लाख ५ हजार ४९४ रुपैयाँ ५० पैसाबराबरको ६ हजार ४०२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 11:05









