२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

आईपीओ निष्कासन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स

१० वैशाख, काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलायको हो । आगामी जेठ १ गते बुटवलमा रहेको महाराजा रिसार्टमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा बस्ने छ ।

उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनको सम्बन्धमा नियमनकारी निकायबाट कुनैपनि संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : 09:20