३० बैशाख २०८२, मंगलवार | Tue May 13 2025

नारायणी डेभलपमेन्ट बैंक १ करोड २६ लाख नोक्सानीमा

९ वैशाख, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंक १ करोड २६ लाख रुपैयाँ खुद घाटामा रहेको छ । गत वर्षको यही अवधिमा बैंक ४२ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा थियो । गत वर्षको तुलनामा यस बर्ष बैंकका नोक्सानी झन् बढेको हो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ८१।१४ प्रतिशतले घटेर १२ लाख २० हजार रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६४ लाख ६९ हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको  चुक्ता पुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४।८३ रुपैयाँ नोक्सानीमा रहेको छ । भने बैंकको प्रतिसेयर नेटवर्थ १८।६२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १४:००