८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

ग्राहकको खाता रोक्का गर्दै कुमारी बैंक, यस्तो छ कारण

९ वैशाख, काठमाडौं । कुमारी बैंकले ग्राहकहरुको खाता रोक्का गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै खाता खोलेर परिचयपत्रको विवरण नबुझाएका ग्राहकहरुको खाता रोक्का गर्ने भएको हो ।

बैंकले  राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण उपलब्ध गराउन बाँकी रहेको भए २०८१ माघ १ गतेपछि खोलिएका खाताहरुको हकमा २०८२ असार मसान्त अथवा खाता खुलेको मितिले ९० दिनभित्र अनिवार्य रुपमा विवरण उपलब्ध गराउन भनेको छ। उक्त समयसीमाभित्र परिचयपत्र उपलब्ध नभएको खण्डमा बैंकले त्यस्ता खातावालहरुको बैंक खाता रोक्का राख्ने जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १२:२४