मानव बेचबिखनको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त !
२३ पुस, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्नुअघि राजिनामा दिन अाग्रह गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मानव बेचविखन प्रकरणमा मुछिएकी राजदूत शेर्पालाई राजिनामा दिन अाग्रह गर्ने र अटेर गरे पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे।
पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गर्दै अाएकी छिन ।
प्रकाशित मिति : २३ पुष २०७५, सोमबार २१:४५