२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

सर्वसाधारणका लागि प्रभु बैंकको २ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा

९ वैशाख, काठमाडौं। प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको  सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकले ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीका लागि सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार ०९:१०