१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

शैक्षिक माफियाको निशानामा विद्या, अन्जन शाक्यले शिक्षा मन्त्रालय सम्हालने

८ वैशाख, काठमाडौँ । शैक्षिक माफियाहरूको गिद्देनजरपछि शिक्षा क्षेत्र बुझेको मन्त्रीको उपमा पाएको विद्या भट्टराईले सोमबार पदबाट राजिनामा दिनुभएको छ । उहाँले आफैँ विषय बुझेर काम गर्न खोजेपछि मन्त्रालयमा हैकम चलाउने माफियाहरू रूष्ट बनेका थिए । केही महिनाअघि देखि नै उहाँको विकल्प खोजिएको थियो । तर शिक्षक आन्दोलनको भूमिरीमा परेर भट्टराईको राजिनामा लिइएको छ ।

भट्टराई शिक्षकहरूको जायज माग पूरा गरेर अघि बढ्नुपर्छ र समयमै सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेको संसदीय दलका प्रमुख महेश बर्तौलाले शिक्षक आन्दोलनका बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आउनुभएको थियो । यद्यपी भट्टराई भने जायज माग सम्बोधन गर्दै जानुपर्ने पक्षमा हुनुहुन्थ्यो ।

अब कम्फर्टेबल शिक्षा मन्त्रीको रूपमा अञ्जन शाक्य ल्याइने तयारी छ । विद्याको विदाइका लागि भूमिका खेल्ने शैक्षिक माफियाहरूको समूहले नै शाक्यलाई मन्त्रीमा स्थापित गर्ने तयारी गरेको छ । शाक्य प्रधानमन्त्रीको समेत विश्वासपात्र हुनुहुन्छ ।

शाक्य प्रधानमन्त्रीको सद्भावका कारण पटक पटक अवसर पाउने पात्रमा हुनुहुन्छ । शाक्य अहिले राष्ट्रियसभा सदस्य हुनुहुन्छ । यसअघि इजरायलको राजदूत भएर फर्किएपछि उहाँले लगत्तै राष्ट्रियसभामा जिम्मेवारी पाउनुभएको हो । त्यसअघि उहाँ एमालेको विदेश विभागको सचिव समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १९:२५