३० बैशाख २०८२, मंगलवार | Tue May 13 2025

उपसचिव हुँ भन्‍दै ठगी गर्ने जानकी त्रिपुरेश्वरबाट पक्राउ

८ वैशाख, काठमाडौं। नेपाल सरकारको उपसचिव हुँ भन्‍दै ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका ५ घर भई हाल ललितपुर-२५ बस्‍ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छिन् ।

न्यौपानेले आफू कानुन मन्त्रालयको उपसचिव भएको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विभिन्न व्यक्तिसँग ७ लाख बढी रकम ठगी गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जिसीले बताउनुभयो ।

उनले फरक-फरक परिचय दिँदै आफू कानुन मन्त्रालयको उपसचिव भएको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विभिन्न शीर्षकमा ठेक्का मिलाइदिने र सो प्रयोजनको लागी राजस्व र धरौटी रकम जम्मा गर्नुपर्ने भन्दै ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी गरेको एसपी जिसीले बताउनुभयो ।

उनलाई  त्रिपुरेश्वरबाट पक्राउ गरेको एसपी जिसीले बताउनुभयो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको जिसीले जनाउनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १८:०३