तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ
८ वैशाख, काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ५ का ४८ वर्षीय ओमप्रकाश लुईटेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहरा बताउनुभयो ।
लुईटेल तीनकुनेमा भएको तोडफोड तथा आगजनी लगायतका कार्यमा संलग्न रहेकोक प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद लिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १७:१२