तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
८ वैशाख, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बजारमा गिरावट आउँदा पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र यूनिभर्सल पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयरमूल्य ९.८८ प्रतिशत बढेकाे छ भने युनिभर्सल पावर कम्पनीकाे सेयरमूल्य ९.८० प्रतिशत बढेकाे छ।
प्रकाशित मिति : 15:38









