२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

गभर्नर विवादको रिट आज पनि हेर्न नभ्याइनेमा

८ वैशाख। काठमाडौं । गभर्नर हुन उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नरको नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएकोविरूद्ध रिट दायर गर्नुभएको थियो ।

वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १३:४४