२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025

छिमेक लघुवित्तको १ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

८ वैशाख, काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको मध्य बोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै,  तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १२:००