२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

स्टार माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा

८ वैशाख, काठमाडौं ।  स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख २९ गते धनुषा जिल्लाको जनकपुरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजे दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आथिृक वर्ष २०८० /८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति लगायतका विविध प्रस्ताव अनुमोदन गर्ने छ ।

प्रकाशित मिति : 11:32