समृद्धि फाइनान्सको खुद ब्याज आम्दानी ५ करोड ६४ लाख, वितरणयोग्य मुनाफा कति ?
८ वैशाख, काठमाडौं। समृद्धि फाइनान्सले तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा फाइनान्स ३ करोड ५७ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४८.५३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनी ६ करोड ९३ लाख रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ६.०९ प्रतिशतले बढेर ५ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । यो अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ४ करोड ६८ लाख पुगेको छ । त्यस्तै, कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी ३६ लाख ८१ हजारबाट बढेर ८५ लाख ७४ हजार पुगेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीले कर्मचारीका लागि ४ करोड ८८ लाख र अन्य सञ्चालनका लागि २ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा अनुपात १७.२३ प्रतिशतबाट घटेर १६.४२ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.८१ रुपैयाँ ऋणात्मक रहेका छ भने प्रतिसेयर नेटवर्थ ५३.६३ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १०:५२