सर्वसाधारणका लागि सिटिजन्स बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
८ वैशाख, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको केही संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ११० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ११६ रुपैयाँ तोकिएको छ । सो सेयरमा जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १०:०६