४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

जीवन विकास लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

८ वैशाख, काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैँया तोकिएको छ । यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ०९:५५