राप्रपा प्रदर्शनमा अध्यक्ष लिङ्देनसहित ७ जना नियन्त्रणमा
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका ७ जनालाई नियन्त्रणमा लिइएको हो ।
अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई नियन्त्रणमा लिएको एसपी बोहराले बताउनुभयो । नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १६:४९